कोशी र गण्डकी प्रदेश सरकारबारे निर्णय गर्दै सर्वाेच्च अदालत

काठमाडौं । सर्वाेच्च अदालतमा आज कोशी र गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिट माथि सुुनुवाई हुँदैछ ।

हाल दुवै प्रदेशमा संयोगले नेकपा एमालेका मुख्यमन्त्री रहेका छन् । कोशी प्रदेशमा हिक्मतबहादुर कार्की मुख्यमन्त्री छन् भने गण्डकीमा खगराज अधिकारी रहेका छन् । उनीहरु दुवै विरुद्ध नेपाली कांग्रेसले मुद्दा दायर गरेको छ।

कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्ध केदार कार्कीले रिट दायर गरेका हुन् भने गण्डकी प्रदेशका अधिकारी विरुद्ध सुरेन्द्र पाण्डेले रिट दायर गरेका हुन् ।

गण्डकी प्रदेशको रिटमा मंगलवारदेखि नै सुनुवाइ सुरु भएको थियो । यस्तै, कोशीको भने आजदेखि सुनुवाइ हुँदै छ । गण्डकीको रिट न्यायाधीशद्धय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ भने कोशीमा तोकिन बाँकी नै छ।