सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक सयले घटेको हो ।

छापावाल सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला १५ रुपैयाँ बढेर एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।