कैलाश सिरोहिया प्रकरणः ५ दिनको म्याद थप्न सरकारी वकिलको सिफारिस

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ५ दिनको म्याद म्याद थप्न जिल्ला सरकारी वकिल कार्यालयले सिफारिस गरेको छ ।

अध्यक्ष सिरोहिया नागरिकता किर्ते सम्बन्धी कसुरमा मंगलबार पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले अध्यक्ष सिरोहियालाई आज अदालतमा उपस्थित गराएको थियो । अदालतबाट उनलाई सरकारी वकिल कार्यालय लगिएको थियो । म्याद थपको सिफारिसपछि उनलाई पुनः अदालत पुर्‍याइएको छ ‌।