प्रधानमन्त्री र देउवाबीच भेटर्वार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुुर देउवाबीच भेटर्वार्ता भएको छ ।

सभापति देउवालाई भेट्न प्रधानमन्त्री प्रचण्ड उनकै निवास बुढानिलकण्ठ पुगेका हुन् । प्रचण्डको सचिवालयका अनुसार संसदको अवरोध हटाउन राजनीतिक सहमतिका लागि प्रचण्ड देउवालाई भेट्न उनकै निवास पुगेको हुन् ।

छलफलका लागि कांग्रेस नेताहरू बिहानैदेखि देउवा निवासमै छन् ।

प्रमुख प्रतिपक्षी दलसँगको छलफलपछि प्रधानमन्त्रलीले दलका शीर्ष नेताहरुको बैठक आह्वान गरेका छन् ।