बजेटमा प्रधानमन्त्री छोरी : १० करोड विनियोजन

काठमाडौं ।सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’को लागि १० करोड बजेट विनियोजन गरेको छ।

बजेट वक्तव्यमार्फत छोरीलाई शिक्षा र सीप प्रदान गर्न तथा उद्यमशीलता विकास गर्न यो कार्यक्रमको उल्लेख गरिएको छ।

आज अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै यसका लागि प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्ने बताएका छन्।साथै सरकारले आगामी आवमा युवा महिला राष्ट्रिय सम्मेलन गर्ने योजना तय गरेको छ।

मन्त्री पुनले आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षको रूपमा मनाउने पनि बताएका छन्।