डन्डिबियो र बाघचाललाई प्रवर्द्धन गरिने,राष्ट्रियस्तरका ८० प्रतियोगिता आयोजना हुने

काठमाडौं।सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ डन्डिबियो र बाघचाललाई प्रवर्द्धन गर्ने घोषणा गरेको छ।

योसँगै सरकारले राष्ट्रियस्तरका ८० प्रतियोगिता आयोजना गर्नेसमेत उल्लेख गरेको छ ।अर्थमन्त्री वर्षमान पुनले मंगलबा र संसदमा बजेट भाषण गर्दै सबैका लागि खेलकुदको अवसर सिर्जना गरिने यस खेलमा महिलाको पहुँच बढाइने बताएका हुन्।

खेलकुदको आधारभूत तालिमको व्यवस्था,एसियाली र दक्षिण एसियाली खेलकुदका लागि राष्ट्रिय टिम तयारी,खेलकुदमा उत्कृष्ट नतिजा निकाल्ने खेलाडीलाई प्रोत्साहन गर्ने जस्ता घोषणा गरिएको छ।

नेपालको परम्परागत खेलको रुपमा रहेको डन्डिबियो,बागचाल, घोडचरी जस्ता खेललाई प्रवर्द्धन घोषणा गरिएको छ ।