यस्तो छ आर्थिक वर्ष २०८१/०८२ को बजेट (पूर्णपाठसहित)

सीता पौडेल(अर्चना)

काठमाडौं ।सरकारले आर्थिक वर्ष २०८१ /०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो ।

अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते मंगलबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सो बजेट सार्वजनिक गरेका हुन्।यस वर्षको बजेटमा पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात कुल बजेटको १८.९४ प्रतिशत विनियोजन भएको छ।भने,वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात कुल बजेटको १९.७४ प्रतिशत विनियोजन भएको  छ। 

बजेटमा उद्देश्य,प्राथमिकता र आर्थिक सुधारका रणनीति र रुपान्तरणकारी क्षेत्रका कार्यक्रमका लागि सबैमा पाँच/पाँच वटा कार्यक्रम तय गरिएको अर्थमन्त्री पुनको भनाई छ।बजेटका पाँच उद्देश्यमा उत्पादन,उत्पादकत्व र रोजगारी वृद्धि,निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि र आर्थिक क्रियाकलापमा तीव्रता ल्याउनु,मानव संशोधनको विकास गर्नु,स्रोत र साधनको सन्तुलित र समन्यायिक ढङ्गले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्नु र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु रहेका छन्।

त्यस्तै,बजेटका पाँच प्राथमिकतामा आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन,कृषि ऊर्जा सूचना प्रविधिजस्ता औद्योगिक पूर्वाधार निर्माण,शिक्षा स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास, समावेशिता र सामाजिक सुरक्षा र सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवर्द्धनमा सुधार रहेका छन्।

यसैगरि आर्थिक सुधारका पाँच रणनीतिमा संरचनागत सुधार, व्यावसायिक वातावरणमा सुधार, सार्वजनिक वित्त प्रणालीमा सुधार,वित्तीय क्षेत्र सुधार र सार्वजनिक प्रशासनमा सुधार रहेका छन्।अर्थतन्त्रको संरचनागत सुधारका लागि सुझाव दिन एक उच्चस्तरीय आर्थिक सुधार सुझाव कार्यदल गठन गरिने भएको छ ।व्यावसायिक वातावरण सुधारका लागि नीति निर्माण,‘कन्ट्रि रेटिङ’,दोहोरो करमुक्ति सम्झौतालगायत व्यवस्था गरिने बजेट वक्तव्यमा उल्लेख छ।

(हेर्नुहोस् बजेटको पूर्णपाठ)

https://www.mof.gov.np/