आजदेखि अनन्त र राधिकाको दोस्रो प्रि–वेडिङ समारोह

एजेन्सी । भारतीय अर्बपति अनन्त अम्बानी र राधिका मर्चेन्टको दोस्रो प्रि–वेडिङ समारोह आजबाट सुरु भएको छ ।

अम्बानीले आफ्नो छोराको दोस्रो प्रि–वेडिङ समारोह इटली र फ्रान्सबिचको समुद्रमा, ‘सेलिब्रेटी एसेन्ट’ नामक क्रुजमा सुरु भएको हो । यो क्रुज मे २९ मा इटालीको पालेर्मो बन्दरगाहबाट प्रस्थान गर्नेछ र ४३८० किलोमिटरको यात्रा तय गरी दक्षिणी फ्रान्स पुग्नेछ ।

अम्बानी परिवारले मियामीबाट अर्कै क्रुज मगाएका थिए । सो क्रुज फ्रान्समा त्यो क्रुज पार्क गर्न समस्या हुने भएपछि माल्टाबाट सेलिब्रेटी एसेन्ट मगाइएको हो ।

प्रि–वेडिङ समारोह इटालीको पार्लेमो सहरमा दिवा भोजबाट सुरु हुनेछ । दिवा भोजपछि सबै पाहुनाहरू क्रुजमा चढ्नेछन् र क्रुजमै स्टाररी नाइट मनाइनेछ।

समारोहको दोस्रो दिनलाई ‘रोमन हलिडे’ भनिएको छ जहाँ पाहुनाहरूले पर्यटकको रूपमा लुगा लगाउनु पर्नेछ। त्यहाँ एक ग्रीको(रोमन)थीम टोगा पार्टी हुनेछ।

पार्टीमा पाहुनाहरूले पुरातन रोमन शैलीको लुगा र चप्पल लगाउनु पर्नेछ।

समारोहको तेस्रो दिनको कार्यक्रमलाई ‘भी टर्न वन अन्डर द सन’ भनिएको छ। उक्त साँझ मास्करेड र त्यसपछि ‘पर्डन माई फ्रेन्च’ नाम दिइएको पार्टी हुनेछ।

चार दिने प्रि(वेडिङ ब्यासको अन्तिम दिनको कार्यक्रमलाई ‘ला डोल्से भिटा’ नाम दिइएको छ जसको अंग्रेज़ी अर्थ ‘स्विट द गुड लाईफु हो।

समारोहमा सहभागी हुन अम्बानीका परिवारका सदस्य, साथीभाइ र भारत तथा विदेशबाट सेलिब्रेटीहरू इटली पुगिसकेका छन। यस सूचीमा शाहरुख खान, सलमान खान, रणवीर सिंह, रणवीर कपुर र आलिया भट्टजस्ता कलाकारको नाम समावेश छ।

समारोहमा सहभागी हुने ८ सय जना अतिथिहरूलाई १२ वटा विमान चढाएर इटली पुर्‍याइएको थियो। समारोहमा ३ सय जना भीभीआईपी हुने बताइएको छ । यी अतिथिको आतिथ्यका लागि क्रुजमा ६ सय जना कर्मचारी हुनेछन् ।

अनन्त र राधिकाको विवाह जुलाईमा हुँदैछ। तीनवटा समारोह ९पहिलो, दोस्रो प्रि(वेडिङ र बिहे० गरी सम्पन्न हुने विवाह समारोहको खर्च झण्डै १५ सय करोड भारतीय रुपैयाँ बजेट आउनेछ ।

चार दिनसम्म चल्ने कार्यक्रमको कूल बजेट ४०० देखि ५०० करोड भारतीय रुपैयाँ रहेको बताइएको छ।