
काठमाडौं । अघिल्लो दिन सामान्य वृद्धि भएको सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य दुई हजार तीन सयले बढेको हो ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४० हजार पाँच सय पुगेको महासंघले बताएको छ । यस्तै, १० ग्राम सुनको मूल्य बिहीबार १ लाख २० हजार ४५५ रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ३८ हजार २०० रुपैयाँ कायम भएको थियो ।
बिहीबार चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा एक हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर एक हजार नौ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
