एजेन्सी । राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनामा भएको निधनपछि इरानमा पुनः सोही पदका लागि आगामी महिना निर्वाचन हुँदैछ । निर्वाचनका लागि इरानी संसद्का पूर्वसभामुख अली लारिजानीले उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि, सन् २०२५ मा चुनाव हुनेगरी तय भएको निर्वाचन मे १९ मा रइसीको निधन भएपछि सरेको थियो ।
गृह मन्त्रालयले बिहीबारदेखि जुन २८ मा हुने प्रारम्भिक मतदानका लागि उमेदवारहरूको दर्ता सुरु गरेको छ र राष्ट्रपतिपदका आकांक्षीहरूले सोमबारसम्म आवेदन दिन सक्नेछन् ।
