दिउँसो साढे १२ बजे बस्दै एकीकृत समाजवादीको सचिवालय बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक दिउँसो साढे १२ बजे बस्ने भएको छ । समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सचिवालय बैठकका लागि बोलाएको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

उनका अनुसार सचिवालय बैठकमा महाधिवेशनको तयारी लगायत समसामयिक विषयमा छलफल हुनेछ । सचिवालय बैठकले सम्भवतः आजै मधेस प्रदेशका मन्त्रीहरू फिर्ता बोलाउनेछ ।

मधेसका मुख्यमन्त्री सरोज यादव अल्पमतमा परेपछि त्यहाँ नयाँ सरकार गठनको तयारी छ । नयाँ सरकार जनमत पार्टीको नेतृत्वमा गठन गर्ने सत्तारुढ दलको तयारी छ । मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिँदैछन् ।