न्युरोड सडकः नगर प्रहरी र सडक विभागबीच विवाद

काठमाडौं । सडक विभाग र नगर प्रहरीबीच आज विवाद भएको छ । काठमाडौं महानगरपालिकाले फुटपाथ निर्माणका लागि भत्काएको सडक विभागले पिच गर्न सुरु गरेपछि सडक विभाग र महानगर प्रहरीबीच विवाद सुरु भएको हो ।

सडक विभागले सोमबार बिहान सडक पिच लागेपछि काठमाडौँ महानगरको प्रहरीले अवरोध गरेको थियो । विवाद मिलाउन अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरूबिच न्युरोडमा छलफल भइरहेको छ ।