पहिरोले पुरिएर अरुण तेस्रो जलविद्युतका एक मजदुरको मृत्यु

खाँदबारी । संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।

 बर्दिया घोराभिट्टाका गंगाराम थारुको पहिरोमा परी पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।