मनिषा गुरुङ
काठमाडौं ।एक पटक कसैले एक जना साधुको गाई चोरेर लग्यो ।त्यो कुरा गाउँबस्तीमा फैलियो ।सबै जना साधुको कुटीमाा जम्मा भए।
साधुले भने,‘मैले गाई लग्नेलाई देखेको थिएँ तर जपमा बसेको हुनाले म बोल्न सकिनँ। चोरले मलाई देखाइ –देखाई गाई लग्यो ।’ जम्मा भएका मानिसहरु चोरलाई गाली गर्दै थिए –गाईसम्म अब देख्न नहुने भइस्क्यो कसरी बाँच्ने ?यस्ता चोरलाई त समातेर चुट्नसम्म चुट्नुपर्छ ।अनि देख्छ अर्काको वस्तु चोर्दा कस्तो हुँदोरहेछ।
कुटीमा जम्मा भएका मानिसहरुले विभिन्न कुरा सुनिसकेपछि साधुले सबैलाई चुप रहन संकेत गर्दै भने–त्यस चोरले मप्रति कुनै अन्याय गरेको छैन।गाई आजदेखि मेरो प्रारब्धमा थिएन त्यसैले उसले आएर लग्यो ।जे हुनु थियो,भयो । यस कामले त उसले आफूले आफैंप्रति अन्याय ग¥यो ।किनकि उसले चोरी काम ग¥यो । पाप काम ग¥यो ।
उसले गरेको पापको दण्ड आज नभोगे तापनि भोलि त अवश्य भोग्नै पर्छ,भगवानले पाप गर्ने,बेइमानी र विश्वासघात गर्नेलाई आज नभए भोलि त दण्ड दिएरै छाड्नुहुन्छ।– प्रेरणै प्रेरणा
