
चितवन । भरतपुरको विपी कोइराला क्यान्सर अस्पतालमा उपचारको लागि आएका चिनियाँ नागरिक मृत भेटिएका छन् ।
यहि असार १० गते उपचारको लागि क्यान्सर अस्पताल आएका ५६ वर्षका चिनियाँ नागरिक बियान चाङ्क्सिन आज बिहान अस्पताल बाहिरको होटलमा मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालका अनुसार क्यान्सर अस्पताल अगाडिको वर्षाना होटलको कोठा नम्बर ११९ मा बसी उपचार गराइरहेका उनी आज मृत भेटिएका हुन् ।
