
काठमाडौं । एमालेले आज बेलुकासम्ममा राजीनामा दिइसक्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेको छ।
हिजोे बसेको सचिवालय बैठकले एमाले र कांग्रेसबीचमा भएको सहमति अनुसार संविधानको धारा ७६को उपदफा (२) बमोजिम अर्को सरकार निर्माण गर्न आज बुधबारसम्ममा राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको उपाध्यक्ष अष्ट लक्ष्मी शाक्यले जनाकारी दिइन।
साथै नेकपा एमालेले संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन समेत आह्वान गरेको छ।
एमालेको पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले नेपाली कांग्रेससँगको सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन ती दललाई आह्वान गरेको हो।
तर माओवादी केन्द्रको हिजो नै बसेको सचिवालय बैठकले भने,प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बरु संसदमा विश्वासको मत लिने निर्णय गरिसकेको जनाएको छ।
