
काठमाडौं।काठमाडौंको चन्द्रागिरि केबलकारमा विद्युत आपूर्ति बन्द हुँदा यात्रुहरू बीचमा फसेका छन्।
बुधबार दिउँसो साँढे १ बजे सो केबलकारमा आएको प्राविधिक समस्याका कारण आठ वटा डिब्बामा यात्रुहरू फसेका हुन् ।विद्युत् सेवा सुचारु हुन समय लाग्ने भएकाले सशस्त्रका ११ जना प्रहरीको टोलीले उद्धार गरिरहेको छ।
केबलकारमा कति यात्रु फसेका छन् भन्ने यकिन भएको छैन।८ वटा डिब्बामा कम्तिमा ३० यात्रु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।
कम्पनीले जेनेरेटर चलाएर यात्रुलाई निकाल्ने प्रयास गरे पनि जेनेरेटर नचलेपछि केबलकारको डिब्बामा अड्किएका यात्रुलाई डोरीमार्फत तल्लो स्टेसनमा झार्ने प्रयास भइरहेको छ ।
