विमान दुर्घटनाको शोकमा आज राष्ट्रिय झन्डा आधा झुकाइने

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज राष्ट्रिय झन्डा आधा झुकाइने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झन्डा आधा झुकाउने निर्णय गरेको थियो ।

बैठकले विमान दुर्घटनाबारे जाँचबुझ गरी दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय आयोग गठन गरेको छ ।