चितवनको केराबारी स्थित त्रिशूलीमा बस देखिएको आशंका

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित केराबारीको त्रिशूली नदीमा बस देखिएको आशंका गरिएको छ ।

नदीको बीचभागमा बस जस्तै आकृतिको बस्तु देखिएपछि यसको पहिचान गर्न गोताखोरलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले सगरमाथाप्रेस डटकमलाई जानकारी दिएका छन् ।

गत असार २८ मा काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसहरु चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूलीमा खसेका थिए ।

दुवै बसको अवस्था अहिलेसम्म अज्ञात छ।भने,बसमा सवार यात्रुमध्ये २५ जनाको मात्रै शव भेटिएको छ ।