नवनियुक्त प्रदेश प्रमुखको शपथ आज

१७ साउन,काठमाडौं ।नवनियुक्त प्रदेश प्रमुखहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।शीतल निवासमा अपराह्न ५ बजे उनीहरूको शपथ ग्रहण कार्यक्रम तय भएको छ।

बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रदेश प्रमुखको शपथ लिन लागेका हुन्।मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम राष्ट्रपति पौडेलले उनीहरूलाई बुधबार प्रदेशको प्रमुख नियुक्त गरेका थिए।

बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्मा,लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेपछि नयाँ प्रदेश प्रमुख नियुक्त भएका हुन्।