
काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपनिर्वाचनबारे छलफल गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुुबैपक्षबीच भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मङ्सिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने विषयमा छलफल भएको जनाइएको छ।
प्रधानमन्त्री ओलीले पनि जाडो समय अगावै निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययिता अपनाउन आग्रह गरेको बताइएको छ।मिति घोषणा अघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिका लागि आह्वान गर्ने आयोगको भनाई छ ।
छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल,नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौला लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको जनाइएको छ।
