डोटीमा बस दुर्घटना, १७ जना घाइते

३२ साउन,काठमाडौं ।डोटीमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार धनगढीबाट दिपायल जाँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायल सिलगढी नगरपालिका–४​ मा शुक्रबार बिहान ५ बजेतिर दुर्घटना भएको थियो। बसमा सवार सबै यात्रु घाइते भएका हुन्।

बस सडकबाट करिब ३५ मिटर तल खसेको थियो।घाइतेहरूको उद्धार गरी उपचारका लागि राजपुरस्थित सुजङ अस्पताल लगिएको बताइएको छ। दुर्घटना कसरी भयो भन्नेबारे बताइएको छैन।