आजको मौसम : यी प्रदेशमा भारी वर्षाको संभावना

३२ साउन,काठमाडौं । आज देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ।

आज शुक्रबार दिउँसो सातै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।तर,बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै पानी पर्ने सम्भावना छ ।

भने,राति कोशी,मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।