
सीता पौडेल(अर्चना)
३२ साउन,काठमाडौं ।काठमाडौको नागार्जून नगरपालिका वडा नम्बर–२ को सानोभर्याङ स्थित काष्ठ उद्योगमा भएको आगलागीमा लाखौंको क्षति भएको अनुमानित आँकडा निकालिएको छ ।
व्यवसायी पृथ्वीबहादुर थापाको ‘ईचङ्गुनारायण काष्ठ उद्योग’मा गत मंगलबार राती करिब पौने नौ बजेको समयमा भएको आगलागिबाट करिब ४० लाख बराबरको फर्निचर र काठको क्षतिसँगै छिमेकीका दुुई घरका २ वटा झ्याल र भित्तो पुरै नष्ट भएको व्यवसायी पृथ्वीबहादुर थापाले बताए ।

विद्युत् लाइन सर्ट भएर आगलागी हुँदा थापाको टिनको ट्रस्ट र टिनले बारेको दईतले काठको कारखानामा आगलागी भएर पुर्ण रुपमा क्षति भएको छ।भने,उत्तरतर्फ रहेको छिमेकीको तीन तले घरको दुई वटा झ्याल,पर्दा र जुत्ता ¥याग पनि पुर्ण क्षती भएको छ ।त्यस्तै अर्का छिमेकीको तीन तले घरको पछाडीको पुरै भित्तामा पनि आगलागिले क्षति पु¥याएको छ ।

पीडित थापाका अनुसार ट्रष्टको माथिल्लो तलामा कामदारहरु सुत्ने गर्थे ।तर,आगलागि हुँदा उनीहरु खान खान गएका थिए ।१६ वर्षदेखि सोही स्थानमा काष्ठ उद्योग संचालन गर्दै आएका थापा भने काम सकेर बालुवाटारमा भएको घरमा गएका थिए।

कामदार आइते तामाङले आफुँहरु खाना खान गएका कारण आगलागि भएको खबर पनि छिमेकीहरुबाट पहिला थाहा पाएको बताए ।उनले भने, ‘पल्लो घरका छिमेकीले प्लाष्टिक जलेको गन्ध आयो के हो भनेर हामीलाई बोलाएर हेर्न जाँदा त आगलागि भएको रहेछ । त्यसपछि हामीले दम्कल बोलायौं ।बोलाएको करिब ४० मिनेटमा दमकल र प्रहरीहरुको टोली आयो र छिमेकीलगायत प्रहरीहरु मिलेर आगो निभायौं ।’

स्थानीयहरु लगायत स्यम्भु र बालाजुबाट खटिएको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीे तथा ३ वटा दमकलको संयुक्त प्रयासबाट आगो पूर्णरुपमा नियन्त्रणमा लिएको उद्योगका कर्मचारी केशब गुरुङले जानकारी दिए ।करिब ३ रोपनी क्षेत्रफलमा रहेको सो उद्योगको चार भागको एकभाग मात्रै जलेर नष्ट भएको उनले बताए ।

त्यस दिन ठूलो पानी परिहहेका कारण पनि केही समयमै आगो नियन्त्रण गर्न सकिएकाले थप क्षति हुनबाट जोगिएको उनको भनाई छ।
उनले जलेर नष्ट भएका धेरैजसो सामाग्रीहरु सेवाग्राहीहरुका अर्डर बमोजिम जंगली सिसौं,अग्रा,सल्लो,कपुर र काईँयोको काठबाट निर्माण गरिएका दराज,पलंङ,कुर्सी लगायतका फर्निचर र फर्निचर निर्माणका सामाग्रीहरु रहेको बताए। साथै फइटर कुखुराका केही चल्लाहरु पनि आगलागिमा परेर नष्ट भएको उनले बताए ।
३५ वर्षदेखि काष्ठ व्यवसाय गर्दै आएका थापा काष्ठ उद्योग व्यवसायी महासंघमा पनि आबद्ध छन् ।उनका अनुसार बुधबार सो महासंघबाट आएका प्रतिनिधिहरुले पनि यस प्रकारको क्षतिको अनुमानित आँकडा निकालेका छन् ।

इन्सुरेन्स समेत भएका कारण सम्बन्धीत इन्सुरेन्स कम्पनीले उक्त उद्योगको क्षतिपूर्ति दिने प्रतिबद्धता गरेको पनि पीडित थापाले बताए ।साथै,उनले पनि आगलागिबाट क्षति भएका छिमेकीका घरको झ्याल र भित्ता बनाइदिने प्रतिबद्धता व्यक्त गरेका छन्।


