माछा मार्ने क्रममा दरमखोलाले बगाएर एक जान वेपत्ता

मनिषा गुरुङ

३२ साउन,बागलुङ ।बागलुङको कोगलकोट नगरपलिका भै बग्ने दरमखोलामा माछा मार्ने क्रममा खोलाले बगाएर एक जना वेपत्ता भएका छन्।

गलकोट नगरपालिका वडा नं ६ मा बस्ने ४२ वर्षीय रमेश परियारलाई दरमखोलामा माछा मार्ने क्रममा खोलाले बगाएको हो।

इलाका प्रहरी कार्यालय हरीचौरका अनुसार बिहान ७ः३० बजेको समयमा माछा मार्ने क्रममा खोलाले बगाएर उनी वेपत्ता भएका हुन्।

उनीसँगै माछा मार्न गएका २४ वर्षीय भाई मनोज परियारले दाजुलाई दरमखोलाले बगाएको भनी प्रहरीमा खबर गराएको प्रहरीको भनाई छ।त्यसलगत्तै प्रहरी,स्थानीय लगायतले खोजीकार्य जारी राखेका छन्।