
बागलुङ।निसीखोला गाउँपालिका– ६ सिपमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ– पूर्वीरुकुम सडकखण्ड अवरुद्ध भएको छ ।
लोकमार्ग अवरुद्ध हुँदा पूर्वीरुकुम,जाजरकोटलगायत जिल्लामा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन ठप्प भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए।अवरुद्ध सडक खोल्ने प्रयास जारी छ ।
