आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

६ भदौं,काठमाडौं।आज पनि बिहानैदेखि कोशी,मधेश,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

यस्तै आज दिउँसो पनि देशभर साधारणतया बदली रहने छ।सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी,मधेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाई छ।

महाशाखाले उता राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहने तथा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।भने,कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

कोशी,मधेश र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको हुनाले सतकर्ता अपनाउन पनि महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।