जनताका कामलाई प्राथमिकतामा राखेर काम गर्न मन्त्री यादवको निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले जनताका कामलाई पहिलो प्राथमिकता राखेर काम गर्न निर्देशन दिएका छन् ।हिजो बालाजु पानीपोखरी, बालाजु पार्क, माछापोखरी तथा कीर्तिपुरमा निर्माणाधीन ट्याङ्कीको निरीक्षण एवं अवलोकन भ्रमणका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

अवलोकन भ्रमणका क्रममा मन्त्री यादवले बालाजु पानी पोखरी बालाजु पार्कमा निर्माण भइरहेका १० लाख र पाँच लाख लिटर क्षमताका खानेपानी ट्याङ्कीका काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

उनले सुन्दरीजलबाट काठमाडौँ जोड्ने ‘कनेक्टिङ पाइप’ माछापोखरीमा फुस्किएर पानी वितरणमा बन्द भएको खबर आएपछि आज उक्त क्षेत्रको निरीक्षण गरी यथाशीघ्र काम गरी पानी वितरण गर्न कर्मचारीलाई निर्देशन दिए ।