
१७,भदौ काठमाडौं । साताको दोस्रो कारोबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । सोमवार नेप्से परिसूचक १२७.३२ अङ्क बढेर २८२३.२५ बिन्दुमा पुगेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स २२.९४ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ९.०२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ८.१८ अङ्क बढेको छ । सोमवार कारोबारमा आएका ३३५ कम्पनीको तीन करोड १४ लाख ३० हजार कित्ता शेयर १३ अर्ब १० करोड ४६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आइतबारको कारोबारमा साढे १० अर्ब रुपियाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।
नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमा वित्त उपसमूहको परिसूचक ७।९४ प्रतिशत बढेको छ । त्यस्तै, जलविद्युत र लगानी उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैङ्क, होटल तथा पर्यटन, जीवन बिमा, निर्जीवन बिमा र अन्य उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।
