१८, भदौ काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले टेलिफोन सेवा प्रदायक कम्पनी एनसेल र प्रधानमन्त्रीको सम्बन्ध के हो भनेर संसदमा प्रश्न गरेका छन् ।
एनसेलको लाइसेन्स नवीकरण कानुनविपरीत भएको दाबी गर्दै उनले शक्तिको आडमा लाइसेन्स नवीकरण गरिएको बताए ।प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद साहले करदाता कार्यालयले तोकिएको राजस्व नलिई सरकारले एनसेलको नवीकरण गर्ने निर्णय लिएको बताए ।
‘कानूनविपरीत फेरि एनसेलको नवीकरण हुने भएछ । करदाता कार्यालयले तोकिएको राजस्व नलिइकन सरकारले नवीकरण गर्ने निर्णय गर्यो । किस्तामा राजस्व लिने गरी नवीकरण गर्ने निर्णय गर्यो । यस्तो निर्णय तेस्रो पटक गर्यो, यो नवीकरण कुन कानुनअन्तर्गत रहेर गरियो रु, साहले सोधे, ‘प्रधानमन्त्रीको एनसेलसँग कस्तो कनेक्सन छ हामी जान्न चाहन्छौँ ।
कानुन साना र ठूलालाई फरक९फरक किसिमले लाग्ने हो र भन्ने पनि उनको प्रश्न थियो । ‘आम जनताले आफ्नो संस्थालाई नवीकरण गर्नुपर्दा के उसले राजस्व छुट पाउँछ रु उसले जरिवाना तिर्नुपर्छ । एनसेलले अर्बौं रुपैयाँ राजस्व रोकेर राखेको छ ।
