नागरिकलाई खुशी बनाउने गरी सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह

२४, भदौ काठमाडौं । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई समृद्ध र नागरिकलाई खुशी बनाउने गरी सरकारले काम गरिरहेको बताउका छन् ।

सोमबार मन्त्रालयमा नेकपा (एमाले) को शहरी विकास हेर्ने विभागको तर्फबाट नेता शेरबहादुर तामाङ नेतृत्वले बुझाएको ज्ञापनपत्र ग्रहण गदैं उनले यस्तो बताए हो ।

मन्त्री सिंहले जनतालाई सन्तोष पार्न सरकारले आवश्यक पहलकदमी लिइरहेको जिकिर गरे। ऐनहरुको अभावका कारण शहरी विकासलाई व्यवस्थित गर्न नसकिएको भदैं अहिले सरकारले पुराना ऐनहरुको संशोधन गरी नयाँ ऐन बनाउने कामलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ ।

आफू मन्त्री बनेर आइसकेपछि सबैभन्दा बढि जोड विकास निर्माणका कामहरु र नीति बनाउने कामलाई दिएको उनले स्पष्ट पारे । उनले नीति निर्माण र कार्यान्वयनमा सबैले सहयोग गर्ने अपेक्षा राखे ।उपप्रधानमन्त्री सिंहले गाउँपालिका वा नगरपालिकाभित्र बस्ने मानिसहरुको जीवन सहज हुनुपर्ने र त्यसका लागि शहरहरु विकास गर्दा सुविधायुक्त गाउँ र शहर बनाउनुपर्ने बताए।