देशको आवश्यकता अनुसार संविधान संशोधन हुन्छ : मन्त्री खड्का

२५, भदौ काठमाडौं ।ऊर्जा,जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशको आवश्यकता अनुसार संविधान संशोधन हुने बताएका छन् ।

गृहजिल्ला संखुवासभामा आज आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।मन्त्री खड्काले जनताहरूसँग छलफल,परामर्श गरी समायानुकुल हुनेगरी संविधान संशोधन हुने बताए ।

उनले संविधानका केही कारणले अहिलेको अवस्थामा आइपुगिएको निस्कर्ष दुई ठुला राजनीतिक दलहरूले निकालेको भन्दै संविधानमा भएका कमी,कमजोरीलाई सच्याउने बताए ।