
मानिषा गुरुङ
काठमाडौं।युवाहरुलाई खेलमा आर्कषित गर्ने उद्देश्यले नागार्जुन युथ क्लबले एकदिने सेभेन ए साइड ओपन फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।
क्लबले नागार्जुनमा पत्रकार सम्मेलन गरेर सो प्रतियोगिता बारे जानकारी गराएको हो ।आउँदो असोज ४ गते नागार्जुन नगरपालीका ६ स्थित ब्रुह फुटसलमा हुने सो प्रतियोगिता प्रतियोगितामा १६ वर्ष माथिका खेलाडीहरुले सहभागिता जनाउन सक्ने आयोजकले जानकारी दिएको छ।
आयोजकका अनुसार नागार्जुन नगरपालिका भित्र बसोबास गर्ने युवा खेलाडीहरुसँगै अन्य नगरपालिकाका युवा खेलाडीहरु समेतले प्रतियोगितामा भाग लिन पाउने छन्।सहभागिताका लागि प्रत्येक टिमलाई रु. ५ हजार प्रवेश शुल्क निर्धारण गरिएको छ।
प्रतियोगिताका विजेता टोलीलाई रु.५० हजार नगद,ट्रफी,मेडल र सट्रिफिकेट रनर टिमलाई २५ हजार नगद, ट्रफी, मेडल र सट्रिफिकेट प्रदान गरिनेछ।वेष्ट प्लेयर र वेष्ट गोलकिपरले ट्रफी, मेडल र सट्रिफिकेट प्राप्त गर्ने आयोजकको भनाई छ।
