
२९, भदौ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय बूढानीलकण्ठमा निर्मित पाँचतारे होटल लेमट ट्रि प्रिमियरको आज उद्घाटन गरेका छन् । प्रधानमन्त्रीले रु दुई अर्ब ५० करोडको लगानीमा निर्मित एक सय दुई शय्यायुक्त होटलको उद्घाटन गरेका हुन् ।
होटलका माध्यमबाट देश विकासको यात्रामा टेवा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले पर्यटकलाई आकर्षित गर्न नेपालमा धेरै सुन्दरस्थलका साथै उपयुक्त वातावरण भएकाले सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर तदनुरूप काम गरिरहेको बताए ।
