अवरुद्ध हेटौँडा(भैसे, सिमभन्याङ(पालुङ(नौबिसे, हेटौँडा(सिन्धुली(धरान चतरा सडक खुल्यो

१४, असोज बागमती । भारी वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा(काठमाडौँ र हेटौँडा(धरान चतरा जोड्ने तीन वटा सडक सञ्चालन भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सडकबाट पहिरो पन्छाएर त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौँडा(भैसे, सिमभन्याङ(पालुङ(नौबिसे र मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौँडा(सिन्धुली(धरान चतरा सडक आज बिहानबाट खुलेका छन् ।

यस्तै त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौँडा(भैसे(चित्लाङ(चन्द्रागिरि(काठमाडौँ जाने सडक आइतबार साँझबाट एकतर्फी रूपमा सञ्चालनमा आएको थियो । वर्षासँगै खसेको पहिरो पन्छाएपछि ती सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।