
सीता पौडेल (अर्चना)१५ असोज, काठमाडौं । नेकपा (एमाले) प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ७ समन्वय कमिटी काठमाडौंले आफ्नो निर्वाचन क्षेत्रभित्रका बाढीपहिरो प्रभावित क्षेत्रको विशेष स्थलगत अनुगमन गरेको छ ।
कमिटीका संयोजक प्रेमलाल श्रेष्ठले अनुगमनका क्रममा नागार्जुन नगरपालिका वडा नं ३ को कुवाखोलामा बाढी— पहिरोले बढी जनधनको क्षती भएको र तारकेश्वर नगरपालिका वडा नं ५ मा ठाउँठाउँमा सडक अवद्ध भएको पाइएको जानकारी दिए ।


संयोजक श्रेष्ठका अनुसार केही दिन अघिको अविरण वर्षाका कारण नागार्जुनको सो स्थानमा ६ वटा घर पूर्ण रुपमा नष्ट भएका थिए।पहिरोमा पुरीएर ५ जनाको मृत्यु भएको थियो ।भने,२ जना घाइते भएका थिए।यस्तै १ जनालाई सकुशल उद्धार गरिएको थियो ।
मृत्यु हुनेमा ४७ वर्षीय सचिन शाह,१५ वर्षीय आयुष शाह,१८ वर्षीया सुनिता दोङ,१० वर्षीय राजन मिङमा र ६ वर्षीया अद्दवी श्रेष्ठ रहेका छन्।

घाइते मध्येका १० वर्षीय बालक आयुस क्षेष्ठ उपचारपछि घर फिर्किएका छन्।भने एक बालक १० वर्षीय पुकार शाहको सितापाइला स्थीत मनमोहन अस्पतालमा आइसीयूमा राखेर उपचार भइरहेको पनि उनले जानकारी दिए।उनका अनुसार क्षेत्र नं ७ भित्रका विभिन्न स्थानका २० वटा घरहरु अझै उच्च जोखिममा छन् । बाढी— पहिरोका कारण ठाउँठाउँमा सडक अबरुद्ध भएर आवतजावतमा कठिनाई भइरहको छ ।

स्थानीय समाजसेवी,एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ७ समन्वय कमिटी शसस्त्र प्रहरी,लगायतले मिलेर अवरुद्ध बाटो खुलाउने प्रयास गरिरहेका छन् । साथै प्रभावित क्षेत्रका खानेपानीका पाइप बगाएका कारण त्यस क्षेत्रमा खानेपानीको समेत अभाव देखिएको संयोजक श्रेष्ठले बताएका छन् ।
कमिटीले आज मंगलबार १० बजेदेखि प्रभावित क्षेत्रमा समहयोग गर्न थप दुईदिने सहयोग अभियान गर्न लागेको उनले बताए।साथै उनले बुद्दीष्ट फाउण्डेशनले वडा र आधारभूत मा.वि.एमाले क्षेत्र नं ७ समन्वय कमिटिसँगको समन्वयमा खाद्यान्न सामाग्री सहितको केही राहत सामाग्री पनि वितरण गरेको छ।

कमिटीले नेपाल रेडक्रस सोसाइटी सितापाइलासँगको समन्वयमा पीडित ७ वटा घरधुरीलाई त्रिपाल उपलब्ध गराएको छ ।पीडितलाई थप राहतको खाँचो छ ।

सो कमिटीले प्रभावितहरुलाई थप सहयोग गर्न एमाले काठमाडौं जिल्ला कमिटी,एमाले क्षेत्र नं ७ भरिका वडा कमिटीहरु,विभिन्न जनसंगठनहरु, तारकेश्वर र नागार्जुन नगरकमिटीलाई पनि साथ र सहयोगको लागि अपिल गर्दे आज मंगलबार बिहान १० बजेदेखि भोलीसम्म दुई दिन प्रभावित ठाउँमा बाटो पन्छाउने र आवश्यक सहयोगमा जुट्न अनुरोधसमेत गरेको कमिटीका सचिव बलराम धितालले बताएका छन् ।

उनका अनुसार कमिटीले अन्य सबैलाई विपद्मा एकजुट भई पीडितको आहतमा राहत पुग्ने कार्यमा,साथ र सहयोग गर्न पनि अनुरोध गरेको छ।
सरकारले बाढी,पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आज मंगलबारदेखि तीन दिन राष्ट्रिय शोकको घोषणा पनि गरेको छ।‘प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा’ सरकारले १ अर्ब रुपैयाँ दिने निर्णय समेत गरेको छ ।
साथै एमालेले दशैंको शुभकामना आदान—प्रदान तथा चियापान कार्यक्रम पनि स्थगित गरेको जनाएको छ ।र,पीडितको उद्धारमा जुट्न सर्कुलर जारी गरेको छ।


