इन्टरपोलबाट रेड नोटिस जारी भएका आचार्य र शाक्य कम्बोडियामा पक्राउ आचार्यलाई नेपाल फिर्ता ल्याइयो

१० कात्तिक,काठमाडौं ।अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)बाट रेड नोटिस जारी भएका दुईजना कम्बोडियामा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१० घर भएका सुजन आचार्य र बिनु शाक्य छन्।

प्रहरी प्रधान कार्यालयले जनाएनुसार इन्टरपोलको समन्वयमा सुजन आचार्यलाई शुक्रबार नेपाल फिर्ता ल्याएको छ।विरुद्धमा २०८० माघ १९ मा रेड नोटिस जारी भएका उनले वैदेशिक रोजगारीमा सिंगापुर पठाउँछु भनेर ४० जनाबाट ५ करोड २ लाख असुलेको प्रहरीको अनुसन्धानको निष्कर्ष रहेको प्रहरीले जनाएको छ।

आचार्यविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा विद्युतीय कारोबार सम्बन्धी कसुर र प्रहरी वृत्त महाराजगञ्जमा आपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दा विचाराधीन छ।आचार्यलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर अनुसन्धान थालिएको छ।

आचार्य यसअघि प्रहरीसँग मिलेर हिरा लुटेको घटनामा जेल परेरसमेत छुटेका व्यक्ति हुन्।