राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा आचार्य,आयुक्तमा विष्ट र भण्डारी सिफारिस

२० कात्तिक,काठमाडौं ।राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. सुरेश आचार्य  सिफारिस भएका छन्।

यस्तै,आयोगको आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीको नाम सिफारिस भएको छ ।

डा.आचार्य नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन् भने विष्ट प्रेस चौतारी नेपालको पूर्वअध्यक्ष हुन् ।भण्डारी यसअघि प्रेस काउन्सिल नेपालको सदस्य थिइन्।

राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त र आयुक्तको सिफारिस गर्न सभामुखको अध्यक्षतामा सञ्चार तथा सूचना प्रविधिमन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहने कानुनी व्यवस्था छ।

अब यसलाई मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ।मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रधानमन्त्रीले पद तथा गोपनीयताको सपथ खुवाउने कानुनी व्यवस्था छ ।