
२८ कार्तिक,काठमाडौं।नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीति स्थायित्व हुने हो भने देश निर्माणको लागि धेरै समय नलाग्ने बताएका छन्।
मंगलबार विराटनगरमा नेकपा एमाले संगठन कमिटी मोरङद्धारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणमा उनले देश विकासको लागि राजनीतिक स्थायित्वको आवश्यक औंल्याए ।
महासचिव पोखरेलले अन्य देशले गरेको विकासलाई हेरेर नेपालका राजनीतिक दललाई गाली गर्ने भन्दा पनि नेपाली मौलिकताको विकास मोडल अघि बढाउनु पर्ने विषयमा छफफल हुनुपर्ने बताए ।
नेपालको विकास रातारात हुने खालको विकास नभएको साथै सरकारले विकास एक्लै गर्न नसक्ने भन्दै देश निर्माणमा सबै जनाता एकजुट हुनु पर्ने जिकिर गरे।प्रशिक्षणमा उनले नेकपा एमाले देशमा स्थायित्व र स्थिरताको लागि लडिरहेको पार्टी भएको दाबी गरे।
एमालेको लक्ष्य चुनाव जित्ने मात्र नभएर समाज परिवर्तनको भएको पनि उनले स्पष्ट पारे।
