मन्त्री फेरिने कुरा हल्ला मात्र हो : मन्त्री लेखक

६, मंसिर काठमाडौं । बीआरआईमा अनुदान लिने तर ऋणका रूपमा भने स्वीकार नगर्ने काँग्रेसको औपचारिक निर्णय रहेको गृहमन्त्री रमेश लेखकले प्रष्ट पारेका छन् ।

बिहीबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले बीआरआई अन्तर्गतका परियोजनाका लागि सहयोग लिने सम्बन्धमा काँग्रेस र एमालेका फरक फरक मान्यताहरू देखिएका भए पनि दुवै दलबीच हुने समझदारीका आधारमा अघि बढ्ने बताए ।

‘काँग्रेसले त ऋणका रूपमा नलिने भनेर यसअघि नै निर्णय गरिसकेका छ । एमालेले पनि ऋणका रूपमा भए पनि लिनुपर्छ नै त भनेको छैन,’ मन्त्री लेखकले भने, ‘दुवै दलबीच छलफल चलिरहेको छ ।

हामी साझा धारणा निर्माण गर्छौ ।’मन्त्री हेरफेरको चर्चाबारे गरिएको प्रश्नमा गृहमन्त्री लेखकले मन्त्रिपरिषदमा हेरफेरको कुरा आजसम्म नचलेको जिकिर गरे ।