रास्वपा सभापति लामिछानेलाई आज काठमाडौँ ल्याइँदै

११, मंसिर काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने भएको छ ।

सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएकाले काठमाडौँ ल्याउन लागिएको हो ।

कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौँ ल्याउन लागिएको हो । बिहान ८ः४० मा बुद्ध एयर बाट लामिछानेलाई काठमाडौँ ल्याउने तयारी छ ।