ब्लाइण्ड टी२० क्रिकेट विश्वकप : नेपालले दक्षिण अफ्रिकासँग खेल्दै

११, मंसिर काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालले आज आफ्नो चौथो खेलमा दक्षिण अफ्रिकासँग खेल्दै छ ।

सुरूवाती दुई खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा सोमबार अफगानिस्तानलाई हराएको थियो । आजको खेल पौने १२ बजेदेखि सुरू हुँदै छ ।

दक्षिण अफ्रिकालाई हराएमा नेपालको सेमिफाइनलमा लगभग स्थान पक्का हुने छ । अन्तिम खेलमा बुधबार पाकिस्तानसँग खेल्ने छ ।