
१४, मंसिर हेटौँडा। हेटौँडा उपमहानगरपालिका–६ मा अटोको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
शुक्रवार बिहान कान्तिलोकपथ सडक खण्डको चौघडा बजारमा हेटौँडा बजारबाट चुच्चेखोला जाँदै गरेको ना २ ह २६९२ नम्बरको अटोले पैदलयात्री स्थानीय हेटौँडा–६ शान्ति टोलका ६८ वर्षीय जनक राईलाई ठक्कर दिई घाइते बनाएको थियो ।
अटोको ठक्करबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका राईलाई उपचारका लागि हेटौँडा अस्पतालमा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि चितवन रिफर गरिएको थियो ।
उनको उपचारको क्रममा चितवन मेडिकल कलेजका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।ठक्कर दिने अटो चालक हेटौँडा–६ बारुते बस्ने ३१ वर्षीय शङ्कर सार्की र अटो प्रहरीको नियन्त्रण रहेको छ ।
