रवि लामिछानेलाई बयानको लागि चितवन लगियो

१८, मंसिर चितवन । सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ । उनलाई बुद्ध एयरमार्फत चितवन लगिएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए ।

सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मङ्सिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो । यसबारे अनुसन्धानकको लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन लगिएको हो ।