सुनको मूल्य बढ्यो, आज कतिमा कारोबार ?

१९, मंसिर काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुन तोलामा एक सय रुपैयाँले बढेर एक लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेर प्रतितोला एक हजार ८ सय ६५रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।