प्रधानमन्त्री ओली गृह जिल्ला जाँदै

२३, मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दमक विजनेश भवनको उद्घाटनलगायत विभिन्न कार्यक्रमका लागि आज गृह जिल्ला झापा जाँदैछन् ।

हवाईमार्गमार्फत् गृह जिल्ला जान लागेका प्रधानमन्त्री ओली आज बिहान ११ बजे झापा ओर्लिने छन् । झापाको दमक नगरपालिका ३ दापगाछीमा एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री ओलीले आज दिउँसो उद्घाटन गर्ने

कार्यक्रम रहेको छ भने सुरुमा उनले मानव सेवा आश्रमको नयाँ भवनको उद्घाटन गर्नेछ । प्रधानमन्त्री ओली सोमबार पनि झापामै बस्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ