
२३, मंसिर जनकपुरधाम । जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा ३४ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ ।
विश्व हिन्दु परिषद् नेपालको आयोजनामा शनिबार राति ३४ जोडीको विवाह सम्पन्न भएको हो ।जानकी मन्दिर प्रांगणमा शनिबार साँझ उनीहरुको मैथिली परम्परा अनुसार सोयम्बर तथा विवाह सम्पन्न भएको हो । उनीहरुको सम्पूर्ण वैवाहिक खर्च परिषद्ले व्यवस्थापन गरेको छ ।
परिषद्का जनकपुर अध्यक्ष सन्तोष साहका अनुसार प्रत्येक जोडीको दुलहीका लागि साडी, एक सेट लेहेङ्गा, दुलहाको लागि एक सेट सर्टपेन्ट र धोती कुर्ता, प्रत्यके जोडीलाई सुनको एउटा मंगलसुत्र, दुईवटा चाँदीको औंठी, भाँडाकुडासहितको एकसेट भान्छा सेट, सुत्ने सेट, बेहुली पक्षबाट २५(२५ जनाको खाजाखाना समेत व्यवस्थापन गरेको थियो ।
