स्पष्ट निरोधात्मक नीति आवश्यक छ : मन्त्री पौडेल

२३, मंसिर काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानसिक रोगीहरूको संख्या बढिरहेको बताएका छन् । राष्ट्रिय जनस्वास्थ्य दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री पौडेलले रोग लाग्न नदिनको लागि मन्त्रालयले अध्ययन समिति बनाएर काम गर्ने पनि बताए । उनले स्पष्ट निरोधात्मक नीति बनाउनुपर्ने आवश्यकता औँल्याए ।

उनले उपचारात्मक भन्दा पनि निरोधात्मक विधि अपनाउन चेतना अभिवृद्धि जरुरी रहेको उल्लेख गरे । उनले खानेकुरा, वायुमण्डल स्वस्थ नहुँदा पनि कतिपय रोगहरू बढेको बताए ।