
२६, मंसिर काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले देशको अर्थतन्त्र समस्यामा रहेको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले देशको अर्थतन्त्र समस्या र दवाबमा रहेको बताएका हुन् ।
‘समग्र आर्थिक स्थितिमध्ये केहि सूचक राम्रो छ । सेयर बजार लगायतमा गतिशील बनेको छ । तपाइँहरू यसमा सन्तुष्ट हुनुहुन्न । म स्वयम् पनि सन्तुष्टि छैन,’ मन्त्री पौडेलले भने, ‘राजस्व परिचालनको बारेमा गत वर्षको तुलनामा राम्रो सुधार भएको छ । गत वर्ष ३ प्रतिशत रहेकोमा अहिले १७ प्रतिशत पुगेको छ ।’
