
३, पुस काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले स्वदेशी र विदेशी निजी लगानी वृद्धि गर्न आवश्यक रहेको बताएका छन् ।
थाइल्यान्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठक समापनमा अध्यक्षका हैसियतले बोल्दै अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पूँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी पूँजी विस्तार र परिचालन प्रोत्साहन गर्नुपर्ने बताए ।
सहुलियतपूर्ण वित्तीय स्रोत परिचालन माध्यमबाट निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए । अर्थमन्त्री पौडेलले विकासका लागि निजी पूँजी परिचालन आवश्यक भएको धारणा राखे । त्यसका लागि एसिया र प्रशान्त क्षेत्रका देशबीच सहकार्य गर्न सकिने उनको भनाइ थियो ।
